Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजबाट स्वस्थानी व्रत सुरू

११ बिहिबार , माघ २०८०९ महिना अगाडि

आजबाट स्वस्थानी व्रत सुरू

धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने स्वस्थानी व्रत आजबाट सुरू भएकाे छ । हरेक वर्ष झैं यसवर्ष पनि आज पौष शुक्ल पूर्णिमाका दिन स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा गर्दै स्वस्थानी व्रत सुरू गरिएकाे हाे ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना व्रत बसेर प्रत्येक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । धार्मिक मान्यता र विस्वासअनुसार स्वस्थानीको व्रत बसे,कथा भने र सुने मनोकांक्षा पूरा हुने विश्वास समेत गरिन्छ ।

स्वस्थानी व्रतको शुरूकाे दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । साथै, बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने गरिन्छ ।

काठमाडौंको शालीनदीमा आजबाट स्वस्थानीको मेला सुरु भएकाे छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गर्दा पाप पखालिने र पुण्य कमाइने धार्मिक विश्वास रहेकाले शालीनदीमा प्रत्येक वर्ष लाखौं भक्तजनले दर्शन तथा पूजापठ गर्ने गरेकाे पाइन्छ ।

परापुर्वकालमा गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको, व्रतकाे प्रभावले छोरा नवराज लावण्य देशको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।