Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

न्युरोडका व्यापारी सटर बन्द गरेर सडकमा

१० बुधबार , माघ २०८०९ महिना अगाडि

न्युरोडका व्यापारी सटर बन्द गरेर सडकमा

काठमाडौं महानगरपालिकाले पिच सडकमा सवारी पार्किङ गर्न निषेध गरेकाे विराेधमा न्युरोडका व्यापारीहरू सटर बन्द गरेर सडक आन्दाेलनमा उत्रिएका छन् । सवारी पार्किङ गर्न नदिने महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु सडकमा आन्दाेलनमा उत्रिएका हुन् ।  

काठमाडौं महानगरपालिकाको सडक किनारामा सवारी पार्किङ गर्न नदिने निर्णयविरुद्ध सटर बन्द गरेर न्यूरोड क्षेत्रका व्यापारीहरु सडकमा उत्रिएका छन् । हिजो दिनभर आन्दोलन गरेका खिचापोखरी, पाको न्यूरोड, विशाल बजारका व्यापारीहरुले आज पनि मध्याह्नदेखि पसल बन्द गरेर सडकमा आन्दोलन थालेका हुन् ।

न्यूरोड क्षेत्रका झण्डै पाँच सयको संख्यामा रहेका आन्दोलनकारी व्यापारीहरुले अरू सबैलाइ सडकमा आउन आग्रह गर्दै आन्दोलन सुरू गरेका छन् । उनिहरूले पार्किङ गर्न नदिएपछि पसल खोल्नुको अर्थ नहुने भन्दै आन्दोलनमा हाेमिएकाे बताएका छन् ।

यता महानगरले हिजोदेखि न्यूरोड, खिचापोखरी, रञ्जना गल्ली, इन्द्रचोक, जुद्धशालीक आसपास, वीर अस्पताल पछाडि, महाबौद्ध क्षेत्रमा पार्किङ गर्न रोक लगाउँदै उक्त क्षेत्रमा पार्किङ गर्न नदिने निर्णय गरेकाे थियाे ।