Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहिदकाे सम्झनामा सहिद सप्ताह सुरु

१० बुधबार , माघ २०८०९ महिना अगाडि

सहिदकाे सम्झनामा सहिद सप्ताह सुरु

देशकाे आमुल परिवर्तनका लागि ज्यानकाे आहुति दिने महान शहिदहरूकाे सम्झनामा आजदेखि सहिद सप्ताह सुरू भएकाे छ । माघ १६ गतेसम्म मनाइने सहिद सप्ताहकाे पहिलाे दिन टेकुको पचलीस्थित सहिद शुक्रराज शास्त्रीकाे शालिकमा माल्यार्पण गर्दै सुरू गरिएकाे हाे ।  

सहिद सप्ताह सुरुको पहिलो दिन आज काठमाडौँ महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनका योगदानलाई सम्झिएको छ । महानगरकाे उपमेयर सुनिता डंगोलसहित उपस्थितिमा टेकुको शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शास्त्रीकाे योगदानकाे कदर गरिएकाे हाे ।

शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उपमेयर डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताएकी छन् । उनले शास्त्री नेपाल भाषा र सहित्यमा कलम चलाउने पहिलाे व्यक्ती भएकाे समेत बताइन् ।

कार्यक्रममा नगरबासीले सहिद शास्त्रीलाई स्मरण गर्दै उनको त्याग र बलिदानीप्रति सम्मान अर्पण गरेका छन् । नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएकाे छ ।

वि.स. १९९७ माघ १० गते नागरिकको हक हितका लागि तत्कालीन व्यवस्थाविरुद्ध विद्रोह गर्दा शास्त्रीलाइ टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डाएर हत्या गरिएको थियो । उक्त खरीकाे रूख भएकाे स्थानमा महानगरपालिकाले श्रद्धाञ्जली सभा गरेको थियाे ।

सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा टेकुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल समेत सञ्चालन गरेको छ ।