Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सम्पर्कविहीन २४ प्रहरीलाई सात दिनकाे म्याद

१० बुधबार , माघ २०८०३ बर्ष अगाडि

सम्पर्कविहीन २४ प्रहरीलाई सात दिनकाे म्याद

आफूखुसी सम्पर्कविहीन रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै हाजिर हुन सात दिनभित्र हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको हो ।  

नेपाल प्रहरीका सम्पर्कविहीन रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले गैर हाजिर  रहनुको कारणसहित उपस्थित हुन भनेकाे छ । सात दिनकाे समयसिमा भित्र हाजिर नभए उनीहरूलाई सेवाबाट बर्खास्त गरिने पनि कार्यालयले जनाएको छ ।

आफूखुसी गैर हाजिर रहेको २४ जनाकाे खोजतलास गरिए पनि सम्पर्कमा नआएपछि प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको बताइएकाे छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले सूचना प्रकाशित भएको सात दिनभित्र हाजिर हुन नसकेकाे कारणसहित उपस्थित हुन आग्रह गर्दै उक्त समयभित्र उपस्थित नभएमा सेवाबाट बर्खास्त गरिने सुचनामा उल्लेख गरिएकाे छ ।