Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नापी सर्वेक्षक सहित तीन जना घुससहित पक्राउ

१० बुधबार , माघ २०८०३ बर्ष अगाडि

नापी सर्वेक्षक सहित तीन जना घुससहित पक्राउ

ललितपुर जिल्लाका नापी कार्यालय सर्वेक्षक रामवीर यादवसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले उनिहरूलाइ घुष रकमसहित पक्राउ गरेकाे हाे ।

नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित अख्तियारले पक्राउ गरेकाे बताइएकाे छ । मंगलबार उनीहरूलाई नापी कार्यालय परिसरबाटै पक्राउ गरिएकाे थियाे ।

सेवाग्राहीसंग घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको बताइएकाे छ ।