Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भिजिट भिसाका लागि नयाँ कार्यविधि जारी

१० बुधबार , माघ २०८०२ बर्ष अगाडि

भिजिट भिसाका लागि नयाँ कार्यविधि जारी

सरकारले भिजिट भिसालाइ केही खुकुलो प्रावधानसहित नयाँ कार्यविधि जारी गरेको छ । नयाँ कार्यविधिअनुसार भिजिट भिसामा विदेश जाने नेपालीले सङ्गठित गिरोहबाट हुने रकम असुलीबाट छुटकारा पाउने भएका छन् ।

गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै नेपाली वैदेशिक रोजगारीमा जाने ६ देशमा भिजिट भिसामा जान स्वघोषणा गर्नुपर्ने प्रावधानसहित ल्याएकाे छ । जसअनुसार संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियालगायत ६ देशमा भिजिट भिसामा भ्रमण गर्दा स्वः घोषणा गर्नुपर्ने बताइएकाे छ ।

यसअघि भिजिट भिसामा विदेश पठाएर वर्किङ भिसामा बदलिदिने भन्दै खाडी मुलुकमा नेपालीहरु पठाएर अलपत्र हुनेक्रम बढेपछि सरकारले कडाइ गरेको थियो । त्यसरी भिजिट भिसामा विदेश जान सरकारले कडाइ गर्दा सङ्गठित गिरोहले विभिन्न बहानामा रकम असुल्ने गरेको पुष्टि भएपछि हाल सरकारले केही खुकुलो प्रावधानसहित कार्यविधि ल्याएको हो ।

सरकारले जारी गरेको नयाँ कार्यविधि अनुसार ६ देशमा भिजिट भिसामा भ्रमण गर्दा स्वः घोषणा गर्नुपर्ने, स्वः घोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने र स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने बताइएकाे छ । नयाँ कार्यविधि अनुसार ६ महिनाको वैध अवधि भए‌को राहदानी, गन्तव्य देशको प्रवेषाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने उल्लेख गरिएकाे छ ।

त्यस्तै दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने छ । साथै,सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणामा भ्रमणमा जाँदा निमन्त्रणा पत्र, सम्पूर्ण खर्च व्यहोर्ने पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण भएमा भिजिट भिसामा जान सकिने कार्यविधिमा उल्लेख गरिएकाे छ ।