Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट

०९ मंगलबार , माघ २०८०९ महिना अगाडि

अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर परराष्ट्र मन्त्रालयले सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थालेको छ । मन्त्रालयले थालेको उक्त तयारी सफल भएमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन नपर्ने र सेवाग्राहीले विभागसम्म धाउन पर्ने बाध्यताको अन्त्य हुनेछ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबीच भएको भेटमा विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने कार्यको सुरुवात गर्ने बारे छलफल भएको बताईएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उक्त बिषयमा छलफल भएको हो ।

छलफलअनुसार विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात भए सेवाग्रहीले अनलाइनमार्फत् राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत् घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुनेछ । उक्त तयारी सफल भए विदेशमा रहेका नेपालीको हकमा राहदानी नवीकरणका लागि आफू रहेको मुलुकमा अवस्थित नेपाली राजदूतावास जानु पर्ने बाध्यतासमेत हट्ने छ ।  

बैठकपछि सम्बन्धित विभागहरुलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न निर्देशन दिइएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । जसअनुसार राष्ट्रिय परिचय पत्र बनाउँदा सेवाग्राहीले लिएको बायोमेट्रिक्स परराष्ट्र मन्त्रालयले राहदानीका लागि प्रयोग गर्ने बताईएको छ ।  

राहदानीका लागि परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । अहिले सेवाग्राहीले पञ्जिकरण विभागमा राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा अनिवार्य बायोमेट्रिक्स दिन उपस्थित हुनैपर्ने बाध्यता रहेको छ ।