Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिसो अझै बढ्ने, जनजीवन प्रभावित

०९ मंगलबार , माघ २०८०९ महिना अगाडि

चिसो अझै बढ्ने, जनजीवन प्रभावित

मुलुकभर चिसो बढ्दै गएपछि जनजीवन प्रभावित भएको छ । तापक्रम घटेर निरन्तर चिसो बढ्दै गएको र चिसो अझै केहि दिन जारी रहने हुँदा जनजीवन प्रभावित हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

जल तथा मौसम विज्ञान विभागले देशभरको तापक्रम घट्दै गएको र यो क्रम अझै केहि दिन जारी रहने भएकाले दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने हुँदा आवश्यक उपाय अपनाउन आग्रह गरेको हो ।

आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहने तर,उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ । त्यसैगरी तराईका अधिकांश स्थानमा आज हुस्सु लागेको र कतिपय स्थानमा शीतलहर चल्ने विभागले जनाएको छ ।