Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

चिसो अझै बढ्ने, जनजीवन प्रभावित

०९ मंगलबार , माघ २०८०२ बर्ष अगाडि

चिसो अझै बढ्ने, जनजीवन प्रभावित

मुलुकभर चिसो बढ्दै गएपछि जनजीवन प्रभावित भएको छ । तापक्रम घटेर निरन्तर चिसो बढ्दै गएको र चिसो अझै केहि दिन जारी रहने हुँदा जनजीवन प्रभावित हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

जल तथा मौसम विज्ञान विभागले देशभरको तापक्रम घट्दै गएको र यो क्रम अझै केहि दिन जारी रहने भएकाले दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने हुँदा आवश्यक उपाय अपनाउन आग्रह गरेको हो ।

आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहने तर,उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ । त्यसैगरी तराईका अधिकांश स्थानमा आज हुस्सु लागेको र कतिपय स्थानमा शीतलहर चल्ने विभागले जनाएको छ ।