Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङमा रोक

०९ मंगलबार , माघ २०८०९ महिना अगाडि

न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङमा रोक

न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङ गर्न काठमाडौँ महानगरपालिकाले रोक लगाएको छ । काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न महानगरले रोक लगाएको हो ।

काठमाडौँ महानगरपालिकाले आज मङ्गलबारदेखि न्युरोड क्षेत्रमा पार्किङ गर्न रोक लगाउने भएको हो । महानगरले न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाउदै विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने बताएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार उक्त क्षेत्रमा पार्किङ निषेध गरेर विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिईएको छ । साथै, उक्त क्षेत्रमा सवारी पार्किङ नगर्दा सवारी आवागमनमा सहज हुने उनको भनाई छ ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको र आजदेखि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताईएको छ ।