Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कर्मशीलता : सुशीला

०९ मंगलबार , माघ २०८०९ महिना अगाडि

कर्मशीलता : सुशीला

काभ्रे । शब्दयात्रा प्रकाशनले २०८० सालको कर्मशीलता पुरस्कार सुशीला ढकाललाई दिने निर्णय गरेको समाचार सार्वजनिक भयो ।
सुशीला ढकाल ः दुबै हात नभए पनि लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भएर हाल आन्तरिक राजस्व विभागको अधिकृतमा कार्यरत हुनुहुँदो रहेछ । साह्रै गनाइसकेको राजनीतिक नेतृत्वबाट प्रेरित निजामती प्रशासनमा सुशीला ढकाल स्वच्छ, अति संघर्षशील र प्रेरक महिलाको रूपमा चिनिने नाम पनि बन्न पुगेको छ । यो पुरस्कारको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिक ज्ञाता सूर्यप्रसाद श्रेष्ठले गर्नु भएको जानकारी हरि मञ्जुश्रीले दिनु भएको छ । यो पुरस्कार, महिला, त्यसमाथि अपाङ्गता भएर पनि आफ्नै खुट्टामा, आफैभित्रको ल्याकत, साहस र उर्जाबाट उठ्न सफल महिलाप्रतिको उच्च सम्मान हो । राज्यले देख्न, चिन्न, अवसर दिन नचाहेकाको पहिचान गरेकोमा शब्दयात्रा प्रकाशनको जति प्रशंसा गरे पनि कमै हुन्छ ।