Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आफ्नै सवारी साधनले ट्रायल दिन पाईने

०८ सोमबार , माघ २०८०३ बर्ष अगाडि

आफ्नै सवारी साधनले ट्रायल दिन पाईने

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो ।

ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसका लागि महँगो शुल्क तिर्नुपरेको गुनासो सार्वजनिक भएपछी सतर्कता केन्द्रले परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसअघि परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने व्यवस्था थियो ।

परीक्षार्थीको गुनासोलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारले यसअघि नै ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाई सकेको छ । ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यता हटाउन उद्योग तथा यातायात मन्त्री सरोज थापाले मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन जारी गरेका थिए ।

अझै पनि कतिपय प्रदेशमा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था कायम रहेको गुनासो आएपछि सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिईएको बताईएको छ ।