Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्राण प्रतिष्ठाको खुशीयालीमा दीप प्रज्वलन

०८ सोमबार , माघ २०८०२ बर्ष अगाडि

प्राण प्रतिष्ठाको खुशीयालीमा दीप प्रज्वलन

भारतको अयोध्या नगरीमा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा नेपालको जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिने भएको छ । जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाउदै दिप प्रज्वलनको तयारी गरिएको हो ।  

दीप प्रज्वलनका लागि जनकपुरमा भव्य तयारी गर्दै जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइनुका साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठिक पारिएको बताईएको छ । मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य समेत तयार पारिएको छ ।

मन्दिर परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ भने अयोध्यामा १८ अर्ब भन्दा बढीमा राम मन्दिर बनेको बताईएको छ । भारतको अयोध्याको कार्यक्रममा सहभागी हुन नेपालबाट वैदिक सत्य सनातन हिन्दुधर्मावलम्वीहरूको सहभागिता रहेको छ ।

अयोध्या नगरीमा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम लगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम तय भएको छ ।