Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसईई परिक्षा चैत १५ गतेबाट हुने

०८ सोमबार , माघ २०८०९ महिना अगाडि

एसईई परिक्षा चैत १५ गतेबाट हुने

आगामी चैत १५ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुने भएको छ । आइतवार बसेको परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका निर्णय अनुसार एसईई परिक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको हो । बोर्ड अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा (चैत ११ र १२ गते) होली/फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बताईएको छ ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने भएपनि परीक्षाका बीचमा होली पर्व परेकाले चैत १५ गतेबाट शुरु हुन् लागेको हो । यसवर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४ सय ४४ जनाले रजिष्ट्रेसन फाराम भरेको बोर्डले जानकारी दिएको छ ।

यसवर्षको एसईई परीक्षाका लागि रजिष्ट्रेसन फाराम भरेका मध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४ सय ४० जना छात्रा रहेको पनि बोर्डले जानकारी दिएको छ ।