Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शैक्षिक पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउन महिला आयोगको सुझाव

०८ सोमबार , माघ २०८०९ महिना अगाडि

शैक्षिक पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउन महिला आयोगको सुझाव

विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउन राष्ट्रिय महिला आयोगले सरकारलाई सुझाव दिएको छ । आयोगले मुलुकमा विद्यमान हिंसा, विभेद र असमानतालगायत विकृति अन्त्यका लागि विद्यालय तहको पाठ्यक्रम लैङ्गिकमैत्री बनाउन सुझाव दिएको हो ।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै आयोगकी अध्यक्ष कमला पराजुलीले विद्यालय तहको पाठ्यक्रममा यौन, प्रजनन स्वास्थ्य र लैङ्गिकताका विषयहरुलाई अनिवार्य विषयको रुपमा राख्न सुझाव दिएकी हुन् । उनले मुलुकमा रहेको विद्यमान हिंसा, विभेद र असमानता हटाउन विद्यालय तहको पाठ्यक्रम लैङ्गिकमैत्री हुनुपर्ने औंंल्याएकी हुन् ।

विद्यालय तहमा कार्यरत शिक्षिका र महिला कर्मचारीको क्षमता अभिवृद्धिका लागि पनि सरकारले विशेष खालको प्याकेज कार्यक्रमको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताउदै बैठकमा सरकारको ध्यानाकर्षण गराएकि हुन् । साथै अध्यक्ष पराजुलीले विद्यालय तहका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरणलाई प्रभावकारी बनाउन आवस्यक रहेको बताईन् ।