Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उच्च अदालतद्धारा लक्ष्मी पुनको नियुक्ति बदर

०८ सोमबार , माघ २०८०९ महिना अगाडि

उच्च अदालतद्धारा लक्ष्मी पुनको नियुक्ति बदर

पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्त भएकी लक्ष्मी पुनको नियुक्तिलाई उच्च अदालत पाटनले बदर गरेको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

कोषका भरत मरासिनीले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नव नियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदरको आदेश दिएको हो । अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको छ ।

पुस ४ मा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएपछी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए । उच्च अदालतले पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको कारण तत्कालको लागि नियुक्ति रोकिएको बताईएको छ ।