Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अयोध्याका लागि अनुमति नदिएपछि रेल यात्रा रद्ध

०७ आइतबार , माघ २०८०९ महिना अगाडि

अयोध्याका लागि अनुमति नदिएपछि रेल यात्रा रद्ध

भारतले अयोध्याका लागि रेल यात्राको अनुमति नदिएपछि रद्ध गरिएको छ । अनुमति नपाउदा भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्ध गरिएको हो ।

भारतले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्ध भएको बताईएको छ । शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएका थिए ।

शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको र जनकपुरबाट उक्त रेल आइतबार बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । तर, भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्ध गरिएको जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले शनिबार साँझ जानकारी गराएका थिए ।