Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

६ महिना श्रम स्वीकृति लिनेको संख्या झन्डै साँढे ३ लाख

०७ आइतबार , माघ २०८०९ महिना अगाडि

६ महिना श्रम स्वीकृति लिनेको संख्या झन्डै साँढे ३ लाख

पछिल्लो ६ महिना श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या झन्डै साँढे ३ लाख पुगेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ४३ हजार पुगेको हो ।

वैदेशिक रोजगार विभागले दिएको जानकारीअनुसार पछिल्लो ६ महिनामा ३ लाख ४३ हजार जनाले स्वीकृति लिएका छन् । सोहि अवधिमा अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको बताईएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोहि अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट ४ लाख १४ हजार जनाले श्रम स्वीकृति लिएका थिए । नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको तथ्यांकअनुसार पुस महिनामा ६५ हजार ८ सय १३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् ।

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै १६ हजार जनाले युएईका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यसैगरी साउदी अरब र कतार १४ हजार, मलेसिया ८ हजार, कुवेत ३ हजार र कोरिया १ हजार जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् ।