Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीको टोलि स्वदेश फर्कियो

०७ आइतबार , माघ २०८०९ महिना अगाडि

प्रधानमन्त्रीको टोलि स्वदेश फर्कियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलि युगान्डा भ्रमण सकेर स्वदेश फर्किएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन् युगान्डा पुगेको प्रधानमन्त्री सहितको टोलि स्वदेश फर्किएको हो ।

युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन माघ ४ गते प्रधानमन्त्री दाहाल सहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री गंगा दाहाल लगायतको टोली राति २ : ४५ बजे कतार एयरवेजबाट दोहा हुदै त्यसतर्फ प्रस्थान गरेका थिए । युगान्डा देखि दोहा हुँदै आज  बिहान ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नुका साथै नेपाली नागरिकहरूसँग अन्तरक्रिया समेत गरेका थिए । सम्मेलनमा सहभागी प्रधानमन्त्री प्रचण्डले विभिन्न मुलुकका प्रमुखहरूसँग भेटवार्ता गरि स्वदेश फर्किएका हुन् ।