Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सशस्त्र प्रहरीले गर्यो १८ सय भन्दा बढी सीमा स्तम्भको मर्मत

०७ आइतबार , माघ २०८०९ महिना अगाडि

सशस्त्र प्रहरीले गर्यो १८ सय भन्दा बढी सीमा स्तम्भको मर्मत

नेपाल-भारत सीमा क्षेत्रको झन्डै १८ सय भन्दा बढी सीमा स्तम्भको सशस्त्र प्रहरीले मर्मत सम्भार गरेको छ । ससस्त्रले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी सीमा स्तम्भहरुको मर्मत सम्भार गरेको हो ।  

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काकाअनुसार सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको गरिएको छ । २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी र सशस्त्र सीमा बलको समन्वयमा उक्त कार्यलाई निरन्तरता दिइएको एसएसपी खड्काको भनाई थियो ।

पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी र सशस्त्र सीमा बलको समन्वयमा नेपाल-भारत सीमा नाका दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको बताईएको थियो । त्यसैगरी ३८ स्थानका ५ सय ५६ वटा घरटहरा हटाई १६ हजार ७ सय ७९ किलोमिटर दशगजा खाली गरिएको, १८ वटा भौतिक संरचना निर्माणमा रोक लगाइएको र २६ स्थानको १३.३२ विगामा खेतीपाती गर्न रोकिएको जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति बढाउने सिलसिलामा २५ वटा बिओपी (बोर्डर आउट पोष्ट) बढाएर २ सय ५३ वटा पुर्‍याइएको बताईएको छ  । जससमध्ये ४५ वटा बिओपीमा प्रहरी नायब उपरिक्षकले कमाण्ड गर्ने व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा नेपाल-भारत, नेपाल-चीन सीमामा रहेका स्तम्भहरुको विस्तृत विवरण ‘जीआइएस’ प्रविधिको विस्तार गरिएको र संयुक्त गस्तीलाई प्रभावकारी बनाइएको बताईएको छ ।