Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रेस काउन्सिलले पत्रकारलाई अनुदान दिने

०७ आइतबार , माघ २०८०९ महिना अगाडि

प्रेस काउन्सिलले पत्रकारलाई अनुदान दिने

प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । काउन्सिलले एक सूचना प्रकाशित गर्दै पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने जानकारी गराएको हो ।

काउन्सिलद्धारा जारी सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइने बताईएको छ । त्यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिने सुचनामा उल्लेख छ ।

काउन्सिले १० जना पत्रकारलाई लेखनवृत्ति र ७ जनालाई सोधपत्र लेखनमा सघाउने सुचनामा बताईएको छ । साथै, एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने बताउदै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने र निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर र ईमेल अनिवार्य चाहिने उल्लेख गरिएको छ । 

काउन्सिलको सूचनाअनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधान लागि आवेदन दिन सकिनेछ भने दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने बताईएको छ ।