Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पशुपतिनाथको यज्ञशाला सशस्त्र प्रहरीले मर्मत गरे

०५ शुक्रबार , माघ २०८०९ महिना अगाडि

पशुपतिनाथको यज्ञशाला सशस्त्र प्रहरीले मर्मत गरे

पशुपतिनाथमा लामो समयदेखि मर्मत हुन नसकेको यज्ञशाला सशस्त्र प्रहरी बलले मर्मत गरेको छ । विगत ६ वर्षदेखि मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्दिरको यज्ञशाला सशस्त्र प्रहरी बलले मर्मत सम्भार गरेको हो ।
 
पशुपतिनाथ बाहिनी मुख्यालयका डिआईजी पुरुषोत्तम थापाका अनुसार सशस्त्र प्रहरी बलले ६ वर्षदेखि मर्मत हुन नसकेको पशुपतिनाथ मन्दिरको यज्ञशाला मर्मत सम्भार गरिएको छ । सशस्त्र प्रहरी बलले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा ‘क्विक ईम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत मन्दिर भित्रको यज्ञशाला मर्मत सम्भार गरेको हो ।

मन्दिरको टुटफुट भएको मार्बलहरुको पुनः निर्माण र मन्दिरको बाहिरी भाग जीर्णोद्धार गरेको बताईएको छ । त्यस्तै बाहिनी नम्बर–९ पशुपतिनाथ बाहिनीका बाहिनीपति पुरुषोत्तम थापाले जीर्णोद्धार अवलोकन गरेर सदस्य सचिव राज कुमार क्षेत्रीलाई ४ वटा ह्विल चेयर समेत हस्तान्तरण गरेका थिए । उक्त ह्विल चेयर शारीरिक अशक्तता भएका भक्तजनहरूले निःशुल्क प्रयोग गर्न पाउने छन् ।