Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजा ज्ञानेन्द्रद्धारा गढीमाई मन्दिरमा पूजापाठ

०५ शुक्रबार , माघ २०८०९ महिना अगाडि

पूर्वराजा ज्ञानेन्द्रद्धारा गढीमाई मन्दिरमा पूजापाठ

प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पूजापाठ गरेका छन् । बाराको बरियारपुरमा रहेको धार्मिक स्थल गढीमाई मन्दिरमा हिजो बिहीबार पूर्वराजा शाहले पूजापाठ गरेका हुन् ।

गढीमाईमा स्थानीयले भव्य स्वागत गरेका पूर्वराजा शाहले बिहीबार साँझ गढीमाई मन्दिरमा पूजापाठ गरेको बताईएको छ । स्थानीयहरुले पूर्वराजाका पक्षमा नाराबाजी गर्दै ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा कसको जनताको, जनता कसको राजाको’ लगायतका नाराहरू लगाएका थिए ।

पूर्वराजा शाह केही दिनयता बारा, पर्सा, रौतहट र सर्लाहीको भ्रमणमा छन् । उनलाई माघ १३ गते वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । यसअघि पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण र अभिनन्दनमा पुगेका पूर्वराजा शाहलाई भैरहवामा नागरिक अभिनन्दन गरिएको थियो ।