Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा

०५ शुक्रबार , माघ २०८०९ महिना अगाडि

वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा

नेपाल वायुसेवा निगमको वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको आएको छ । निगमको वाइड बडी जहाज प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो ।

गएको सोमबारदेखि ग्राउण्डेड भएको उक्त जहाजको प्राविधिक मर्मत भएसंगै आजदेखि नियमित उडानमा आएको बताईएको छ । गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको र प्राविधिक मर्मतपछि उडानमा आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।

उक्त वाइड बडी जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएपछि जहाज हिजो अपरान्ह ४ बजे २ सय ६७ यात्रु लिएर दुबईका लागि उडेको थियो । निगमको अर्को न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ ।

नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ थान न्यारो बडी र २ थान वाइड बडी जहाज रहेको छ ।