Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अवैध कारोबारको आशंकामा अग्रवाल पक्राउ

०५ शुक्रबार , माघ २०८०९ महिना अगाडि

अवैध कारोबारको आशंकामा अग्रवाल पक्राउ

हुण्डी र क्रिप्टो करेन्सी जस्तो अवैध कारोबारको आशंकामा कपडा व्यापारी नरेश अग्रवाल पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले अग्रवाललाई क्षेत्रपाटीस्थित निवासबाट पक्राउ गरेको हो ।

गएराति क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब सवा २ करोड नगदसहित उनलाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको बताईएको छ । अग्रवाल सहित उनको टिम नै अवैध कारोबारमा संलग्न रहेको र अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएर हाल राजस्वको हिरासतमा राखिएको छ ।  

व्यापारी अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो । बाहिर कपडा व्यापार देखाए पनि भित्रभित्रै सुन, हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान रहेको छ ।

पक्राउ परेका उनिहरुलाई राजस्वको हिरासतमा राखेर अनुसन्धान भइरहेको विभागले जनाएको छ ।