Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ब्यानर नहटाई दृश्य प्रदूषण गर्ने कम्पनीलाई ५० हजार जरिबाना

०५ शुक्रबार , माघ २०८०९ महिना अगाडि

ब्यानर नहटाई दृश्य प्रदूषण गर्ने कम्पनीलाई ५० हजार जरिबाना

आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई काठमाडौं महानगरपालिकाले ५० हजार जरिबाना तिराएको छ । ब्यानर पुरानो हुँदासम्म नहटाएको भन्दै महानगरले विज्ञापन गर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

महानगरले ब्यानर राख्ने इन्नोभेटिव कन्सेप्ट प्रालिलाई जरिवाना तिराएको हो । पुलमा ब्यानर टाँगेर पुरानो हुँदासम्म नहटाई दृश्य प्रदूषण गरेकाले ५० हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ ।

महानगरले भित्तामा पोस्टर टाँस्न र आकाशे पुलहरुमा ब्यानर टाँग्न रोक लगाउदै आकाशे पुलबाट सम्पूर्ण ब्यानर हटाएको छ । विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने गरी जिम्मा लिएको भएपनि इन्नोभेटिव कन्सेप्ट प्रालिले त्यसो नगरेकाले कारबाही गरिएको महानगरको भनाई छ  ।  

महानगरले रोक लगाएको कुनैपनि कार्य गर्ने माथि महानगरले कारबाही गरि जरिवाना तिराउन सक्ने बताईएको छ ।