Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री कप त्रिभुवन आर्मी क्लबलाई

०४ बिहिबार , माघ २०८०९ महिना अगाडि

प्रधानमन्त्री कप त्रिभुवन आर्मी क्लबलाई

एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कोशी प्रदेशलाई ९ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब विजयी भएको हो ।

आर्मीले कोशी प्रदेशले जितका लागि ८९ रनको सामन्य लक्ष्य दिएको थियो । उक्त सामान्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । उक्त प्रतियोगितामा आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिएका थिए । कार्कीले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् ।

त्यसैगरी ओपनर इमरान शेखले २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाउदा कुशल मल्लले ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहेका थिए । आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक/एक विकेट लिएका थिए ।

यता कोशीका सुजन थपलियाले एक विकेट लिए । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटिएको थियो । कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् कार्कीले