Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

१५ लाख घुस लिएका वडाध्यक्ष बादे पक्राउ

०४ बिहिबार , माघ २०८०३ बर्ष अगाडि

१५ लाख घुस लिएका वडाध्यक्ष बादे पक्राउ

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष १५ लाख घुस रकमसहित पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

वडाध्यक्ष बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो । पक्राउ परेका वडाध्यक्ष बादेको साथबाट १५ लाख घुष रकमसहित श्रोत नखुलेको १० हजार चाईनिज येन,१ सय अमेरिकी डलर फेला परेको बताईएको छ ।  

अख्तियारको अनुसार बाटो सिफारिसका लागि वडाध्यक्ष बादेले घुस लिएका थिए । वडाध्यक्षसँगै रहेका बा. ७ च १२९ नम्बरको कारका चालक बाह्रबिसे नगरपालिका– ७ मिलनटार स्थायी ठेगाना भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत अख्तियारले गाडीसहित नियन्त्रणमा लिएको थियो ।