Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नक्कली मदिरा बनाउने गिरोह पक्राउ

०३ बुधबार , माघ २०८०२ बर्ष अगाडि

नक्कली मदिरा बनाउने गिरोह पक्राउ

काठमाडौंको बौद्धबाट नक्कली मदिरा बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई बौद्धबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा बनाउने कारखानामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरुले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको बताईएको छ ।  

प्रहरीकाअनुसार उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बेच्ने गरेको र उक्त स्थानबाट प्रहरीले नक्कली मदिरासमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई आजै सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको बताईएको छ ।