Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल संवत् समावेश गर्न मन्त्रालयको निर्देशन

०३ बुधबार , माघ २०८०९ महिना अगाडि

नेपाल संवत् समावेश गर्न मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई नेपाल संवत् समावेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई लेटर हेडसहितका कागजातमा नेपाल संवत् समावेश गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सबै स्थानीय तह र जिससलाई मंगलबार पत्राचार गर्दै सबै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई नेपाल संवत् समावेश गर्न निर्देशन दिएको बताईएको छ । पत्राचारमा स्थानीय तहका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएकाले कार्यान्वयन गर्न पत्राचार गरेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताए ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेको थियो । सोहि बमोजिम सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको हो ।