Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जापानमा दुई वटा विमान ठोक्कियो

०३ बुधबार , माघ २०८०९ महिना अगाडि

जापानमा दुई वटा विमान ठोक्कियो

जापानको न्यु चितोस विमानस्थलमा दुई वटा विमान ठोक्किएको छ । उक्त विमानस्थलमा दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएको हो ।

यसअघि जनवरी २ तारिकका दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको थियो । उक्त घटना भएको दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएको जापानी सरकारी समाचार माध्यम एनएचकेले जानकारी दिएको छ ।

२८९ यात्री सवार कोरियन विमान उडान भर्ने बेला प्यासेफिक एयरको यात्रु नभएको विमानसँग ठोक्किएको थियो । उक्त दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द गरिको थियो । 

यस्तै घटना दुई हप्ता अघि हानेदा विमानस्थलको रनवेमा समेत भएको र उक्त घटनामा दुई वटा विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान मृत्यु भएको थियो ।