Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महिला फुटबल टिमले वाफ वुमन्स च्याम्पियनसिप खेल्ने

०३ बुधबार , माघ २०८०९ महिना अगाडि

महिला फुटबल टिमले वाफ वुमन्स च्याम्पियनसिप खेल्ने

साउदी अरेबियामा आयोजना हुने वेष्ट एसियन फुटबल फेडेरेसन (वाफ) प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमले खेल्ने भएका छन् । वेष्ट एसियन फुटबल फेडेरेसन (वाफ)ले आयोजना गर्ने वाफ वुमन्स च्याम्पियनसिपमा महिला फुटबल टिमले खेल्ने भएका हुन् ।

फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुने उक्त च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले सहभागिता जनाउने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ । एन्फाको मंगलबार बसेको आपतकालीन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता सरेश शाहले जानकारी दिएका छन् ।

एन्फाको बैठकले यही माघ २७ गते नेपालको राष्ट्रिय युथ टिम र चीनको किङ्घाई प्रान्तको युथ टिमबीच मैत्रीपूर्ण फुटबल खेलाउने निर्णय समेत गरेको छ । चिनियाँ नया वर्षको उपलक्षमा दशरथ रंगशालामा हुने उक्त खेल  नेपाल स्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुनेछ ।

उक्त मैत्रीपूर्ण खेल हेर्नका लागि भिआईपीतर्फ ५ सय रुपैयाँ र साधारणतर्फ ३ सय रुपैयाँको टिकट तोकिएको पनि एन्फाले जानकारी गराएको छ ।