Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

केन्द्रीय अस्पताललाई १६ हजार दरबन्दी आवश्यक छ : डा.पोखरेल

०३ बुधबार , माघ २०८०९ महिना अगाडि

केन्द्रीय अस्पताललाई १६ हजार दरबन्दी आवश्यक छ : डा.पोखरेल

केन्द्रीय अस्पतालका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताएका छन् । संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

बैठकमा मन्त्रालयका सचिव डा. पोखरेलले केन्द्रीय अस्पतालहरुका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक रहेको र उक्त दरबन्दीका लागि प्रस्ताव स्वीकृत नभए ५ सय शय्यामा केन्द्रीय अस्पतालहरु बन्द हुने अवस्था रहेको बताएका थिए ।

उनले अहिले सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नै पर्ने स्पष्ट पारेका छन् ।

दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन समितिका सदस्यहरुसँग आग्रह गर्दै सचिव डा.पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताएका थिए ।

सचिव डा.पोखरेलले पछिल्लो समयमा अस्पतालहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने कुरा नीतिमा भनिए पनि कार्यान्वयन गर्न नसकिने बताए । साथै उक्त बैठकमा बोल्दै सांसदहरुले रोग लाग्नै नदिने गरी सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने  धारणा राखेका थिए ।