Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

विराटनगरमा तीन दिन विद्यालय बन्द

०३ बुधबार , माघ २०८०२ बर्ष अगाडि

विराटनगरमा तीन दिन विद्यालय बन्द

विराटनगर महानगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक चिसो र शितलहर बढेपछि महानगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले एक सूचना जारी गर्दै माघ ३ गते देखि माघ ५ गतेसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताएको छ । माघ ३ गते बुधबारदेखि माघ ५ गते शुक्रबारसम्म तीन दिन सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने देखिएकाले महानगरले बिदा दिने निर्णय गरेको सूचनामा जनाईएको छ ।