Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सशस्त्र प्रहरी बलले विमानस्थलको भन्सार चेकजाँच गर्ने

०२ मंगलबार , माघ २०८०९ महिना अगाडि

सशस्त्र प्रहरी बलले विमानस्थलको भन्सार चेकजाँच गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचका लागि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ । भन्सारकै नेतृत्व र निर्देशनमा विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको हो ।

सोमबार बिहान ६ बजेदेखि भन्सारको चेकजाँचमा सशस्त्र प्रहरी खटिन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. टोकराज पाण्डेले जानकारी दिएका छन् । हाल आगमन कक्षको वाक थ्रु गेट क्षेत्रमा भन्सारलाई सशस्त्र प्रहरीले सहयोग गर्ने बताईएको छ ।

गृह मन्त्रालयले सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौतीलगायत विशेष आवश्यकतालाई मध्यनजर गरी सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस अन्तिम साता गरेको निर्णय अनुसार इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली परिचालन हुने र १ सिफ्टमा ५ सशस्त्र प्रहरी ड्युटीमा खटिने बताईएको छ ।