Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रेलमा सवार एक यात्रुको मृत्यु

०२ मंगलबार , माघ २०८०९ महिना अगाडि

रेलमा सवार एक यात्रुको मृत्यु

महोत्तरी जिल्लाको विजलपुराबाट जनकपुर तर्फ आउँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ ।  रेलमा सवार लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीका रामएकवाल पण्डितको मृत्यु भएको हो ।

लोहरपट्टी नगरपालिका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको  धनुषा प्रहरीले जनाएको छ । बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको जनाईएको छ ।

टिटिले टिकट दिन भनेपछि उनी टिकट निकाल्ने बेला सिटमै ढलेको बोगीमा सवार अन्य यात्रुले बताएका छन् । मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण प्रष्ट हुने प्रहरीको भनाई छ ।