Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भुकम्प सुरक्षा दिवस मनाइदै

०२ मंगलबार , माघ २०८०२ बर्ष अगाडि

भुकम्प सुरक्षा दिवस मनाइदै

वि.सं. १९९० सालमा गएकाे विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न आज भुकम्प सुरक्षा दिवस मनाइदै छ । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ भुकम्प सुरक्षा दिवस मनाउन लागिएकाे हाे ।

नेपाल सरकार, सराेकारवाला निकाय तथा विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने दिनका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागेकाे बताइएकाे छ ।

२०५५ सालदेखि १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको भूकम्पमा परि ठूलो जनधनको क्षति भएकाे थियो ।

उक्त १९९० को भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने ८० हजार घर ध्वस्त भएका थिए । भूकम्प सुरक्षा दिवस मूल समारोहकाे आयाेजनामा चन्द्रागिरी नगरपालिकामा हुने भूकम्प सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक हुने प्राधिकरणले जनाएको छ ।