Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पेट्राेलियम पदार्थकाे मुल्य घट्याे

०२ मंगलबार , माघ २०८०९ महिना अगाडि

पेट्राेलियम पदार्थकाे मुल्य घट्याे

इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्राेलियम पदार्थकाे मुल्य घटेकाे छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेकाे हाे ।

निगमले इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएपछि नेपालमा पनि मूल्य घटाइएको हो । निगमले घटेको मूल्य आजदेखि लागू हुने जनाएको छ ।

घटेकाे मुल्यअनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल १ सय ४३ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

त्यसैगरी सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय ६५, डिजल र मट्टितेल प्रतिलिटर १ सय ५५ रूपैयाँ कायम भएको छ । यता काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर १ सय ६६, डिजल र मट्टितेल १ सय ५६ कायम गरिएकाे निगमले जनाएकाे छ ।

हाललाई हवाइ इन्धन र एलपि ग्याँसकाे मुल्य यथावत राखिएकाे छ ।