Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

५ लाख घरखाली, चिन्ता खोई ?

०२ मंगलबार , माघ २०८०९ महिना अगाडि

५ लाख घरखाली, चिन्ता खोई ?

ेन्द्रीय तथ्याङ्क विभाग भन्छ– जनगणनामा नेपालका ५ लाख घर खाली पाइयो । घर छन्, मानिस छैनन्, कहाँ गए ती घरमा बस्ने मानिस ?
विज्ञहरू भन्छन्– रोजगारीको अभावमा पहाडका बस्ती खाली भएका हुन् । पहाडको आर्थिक भविष्य संकटमा छ, राज्यले यसमा सोच्नुपर्छ ।
जनगणना २०७८को रिपोर्टअनुसरा  ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै घर खाली पाइएका थिए । अभाव र संकटकारण ती घरमा बस्नेहरू सहर पसेका हुन् ।
सरकारी निकाय नै भन्छ मुख्यत हिमाली र पहाडी क्षेत्रका ग्रामिण भेगमा रहेका घरहरू खाली रहेका हुन् । बसोबास गर्न लायक घर छन्, मानिस छैनन् । यो क्रम अरू बढेको छ । समाजशास्त्रीहरूका अनुसार राज्य अलोकतान्त्रिक भयो, नागरिकको रक्षा र सुरक्षामा उदासीन भयो, यहीकारण नागरिकहरू आफ्नो थाँतथलो छाडेर अन्यत्र बसोबास र रोजगारीका लागि जान थालेका हुन् । अझै पनि राज्यको ध्यान आमनागरिकको बसोबास, तिनले पाउनुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारीका प्रवन्धमा लाग्न सकेन भने पहाडी र हिमाली भेगका घरहरू अरू खाली हुँदै जानसक्छन् । खासगरी वैदेशिक रोजगारीका लागि राज्यले प्रेरित गर्दा यो समस्या झन झन बिकराल बनेको हो । यसैवीच बीबीसीसँग कुरा गर्दै योजनाविद् प्राध्यापक पीताम्बर शर्माले पहाडी भेगको सम्पदा र जमिनको प्रयोग कम हुन थालेको बताउँदै त्यहाँको ’आर्थिक भविष्य ठूलो सङ्कटमा रहेको’ टिप्पणी गरेका छन् । शिक्षाको विकास र चाहनाको बृद्धिमा राज्यले संवोधन गर्न नसक्दा निम्तिएको संकट हो यो । पहाड र हिमाली भेगमा रोजगारीबृद्धि र  स्रोत साधनको सदुपयोग तथा परिचालन गर्न नसक्नु राज्यको कमजोरी हो ।
जनगणना हुँदा घरमा कोही नहुँदा रिक्त घर लेखिएको हो । घरहरू खाली हुनु कुनै दृष्टिबाट पनि सुखद छैन, यसमा राष्ट्रिय बहस हुन जरूरी छ ।