Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्रवादी नै माहोल बिगार्दै

०२ मंगलबार , माघ २०८०९ महिना अगाडि

राजतन्त्रवादी नै माहोल बिगार्दै

काठमाडौं । झापा, सुनसरी, भक्तपुर, बाँके, बर्दिया, सुर्खेत हुँदै कपिलवस्तुदेखि सर्लाहीसम्म पूर्वराजा मठमन्दिरको दर्शन र आमनागरिकसँग अन्तरक्रिया गरिरहेका छन् । आमनागरिकले राजा आउ देश बचाउको नारा लगाइरहेकै छन् ।
७७ वर्षका बुढा पूर्वराजा ज्ञानेन्द्र शाह समय समयमा आमनागरिकसँग अन्तरक्रिया गरेर बेथिति बिरूद्ध र सुशासनसहितको व्यवस्थाको लागि वातावरण बनाउँदै जाने, राजतन्त्रवादीहरू मैमत्ता बनेर माहोल बिगार्दै जानुले राजतन्त्रवादीहरू कति देशभक्त हुन् भन्ने प्रश्नमा बहस हुनथालेको छ ।
६ दर्जनभन्दा बढी छन् राजतन्त्रवादी र हिन्दुवादी संगठनहरू । ९५ प्रतिशत ॐकार परिवार र राजतन्त्रवादीहरूले लोकतन्त्रनामको भ्रष्टतन्त्र–परिवर्तनको १७ वर्षपछि पनि यिनीहरू कहिले जाग्छन्, कहिले तात्छन्, धेरैजसो सुत्छन् र चिस्सिन्छन् । एकतामा बल मिल्छ, परिवर्तन गर्न गराउन बाध्य पार्न सकिन्छ भन्ने तत्वज्ञान राजतन्त्र र हिन्दुवादीलाई कहिल्यै भएन । जसरी पनि आफू अगाडि देखिनुपर्ने, नेता हुनुपर्ने, पद चाहिने स्वार्थका कारण राजतन्त्र र हिन्दुवादमाथि गणतन्त्रवादी र धर्मनिरपेक्षताका नाममा इसाइकरणले लाभ लिइरहेका छन् ।
गणतन्त्र ढल्यो ढल्यो अवस्थामा पुग्छ, राजतन्त्र र हिन्दुवादी भाँडिन्छन् । गणतान्त्रिक लोकतन्त्रवादीहरू फेरि भ्रष्टाचारका ठूला ठूला काण्ड मच्चाउन अग्रसर हुन्छन् । भूकम्पपछि भूकम्प, कोरोनाको महामारी, बाढी पहिरोदेखि अनेक समस्यामा जनता पर्छन्, जनताले राहत पाउँदैनन् । राहत पनि सत्ताधारी पार्टीका समर्थकले औंलादौला पाउँछन्, आमनागरिक हेरेको हे¥यै । यस्ता असमानताको पीडा बोकेर आमनागरिकले मर्नुबाँच्नु परेको छ । लोकतान्त्रिक गणतन्त्रले देशलाई टाट पल्टाएर आफू नवधनाध्य बनिरहेका छन्, जनताले पाउनैपर्ने आधारभूत आवश्यकतामा समेत दलीयकरण गरेर भ्रष्टाचार भइरहेको छ ।
राष्ट्रिय समस्याको जरो भनेको यही पद्धति, यिनै नेता हुन् भन्ने बुझेर नै आमनागरिकले सडकमा विद्रोह थालेका हुन् । पूर्वराजा जता जान्छन्, उतै जयजयकार गर्दै राजतन्त्रको आह्वान गरेका हुन् । पूर्वराजाले पनि देश दर्शन र मठमन्दिरको दर्शन गर्दै आमनागरिकसँग एकाकार भइरहनु पनि राष्ट्रिय एकता र बिथोलिएको अवस्थाको सुधारकै लागि हो । पूर्वराजाले मिलेर अघि बढ्न ठाउँ ठाउँमा संवोधन पनि गरिरहेकै छन्, तथापि ठूला दल र नेताहरूले पूर्वराजाको आह्वान सुनेका छैनन् ।
हिन्दुअधिराज्य, राजतन्त्र रसंघीयताको समाप्तिका लागि राजतन्त्र र हिन्दुवादीहरू एकाकार हुननसक्नु ठूलो चुनौति हो । 
आफूमात्र राजतन्त्रवादी, हिन्दुवादी भन्ने अहंकारका कारणले १७ वर्षदेखि गणतन्त्र नामको व्यवस्थाले देश लुटिरहेको छ । छानो बालेर खरानी बेचिरहेको छ । राजनीतिलाई अपराधिकरण गरिरहेको छ । सहकार्य र सहयात्राका लागि पूर्वराजाको आह्वानलाई नजरअन्दाज गर्दा देश झन झन दुरावस्थातिर गइरहेको छ । सहकार्यको विकल्प छैन, आफूमा रहे भएका कमजोरी नसुधारे बेथिति सुध्रिनेवाला छैन । श्रापित र कुपित हुने कि सुशासन र सुव्यवस्थाका लागि लड्ने ? पूर्वराजा स्वागत स्वीकार गरिरहेका छन्, जनअपेक्षा कहिलेसम्म छायाँमा ?