Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१० वर्षमा १० हजार मेवाटको सपना

०२ मंगलबार , माघ २०८०९ महिना अगाडि

१० वर्षमा १० हजार मेवाटको सपना

काठमाडौं । समृद्धिको सपना देखाउनका लागि हो, भारतवादी हाम्रो सरकारले नेपालमा उत्पादित विद्यूत १० वर्षमा १० हजार मेगावाट भारतले किन्ने सम्झौता गर्नुलाई उर्जाविज्ञहरूले हास्यास्पद घटनाको उपमा दिएका छन् ।
चीनको लगानीमा बनेको तामाकोशीको विद्युत नकिन्ने भारतले जुन सम्झौता गरेको छ र सरकारले जसरी उपलव्धिको डङ्का पिटेको छ, यथार्थमा यो सपनामात्र हो । यस्तो हास्यास्पद सम्झौताबाट नेपालले कुनै लाभ पाउनेवाला छैन ।
भारतले पावर ट्रेड गाइडलाइनको प्रावधान सच्याउन मानेनन । भारतले नेपालको विद्युत बंगलादेशमा निकासी गर्नसमेत आफै बिचौलिया बन्ने संंकेत गरेको छ । भारतसँगको सम्झौताले नेपालको जलविद्युतमा वैदेशिक लगानीलाई समेत निरूत्साहित गरेको विश्लेषण भइरहेको छ । नेपालको उर्जा क्षेत्रमा चीन, कोरियालगायतका वैदेशिक लगानी बढ्न लागेको बेलामा त्यसलाई छेक्न, रोक्नकै लागि भारतले विद्युत खरिद सम्झौता गरेको छ । उर्जा विज्ञहरूका अनुसार स्वदेशी जलविद्युत प्रवद्र्धकहरूले समेत चिनियां उपकरण,जनशक्ति र प्रविधिको प्रयोग गरेका छन्, यस्तो उत्पादनलाई भारतले खरिद नगर्ने नीति छ ।