Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बमजनबिरुद्ध बारामा दुईवटा जाहेरी

०१ सोमबार , माघ २०८०९ महिना अगाडि

बमजनबिरुद्ध बारामा दुईवटा जाहेरी

तपस्वी तथा लिटिल बुद्धका रुपमा परिचित रामबहादुर बमजनबिरुद्ध बारा प्रहरीमा दुईवटा जाहेरी परेको छ । गत बुधबार मात्र बिभिन्न आरोपमा काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका बमजनबिरुद्ध बारा प्रहरीमा दुईवटा जाहेरी परेको हो ।

यसअघि सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजतलास तीव्र पारिएको थियो । सर्लाही प्रहरीमा परेको जाहेरीका आधारमा समातिएका बमजन अहिले महोत्तरी कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

बारा प्रहरीकाअनुसार बमजनबिरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर र बेपत्ता पारिएको सम्बन्धी कसुरमा जाहेरी परेको  छ । सर्लाहीको बाग्मती नगरपालिका-१२ की रिता वोटको परिवारले कर्तव्य ज्यान सम्बन्धी कसुर र बाराका सुरेश आलेमगरलाई बेपत्ता पारेको भन्दै परिवारले बमजनविरूद्ध जाहेरी दिएको हो ।

यसअघि सर्लाही जिल्ला अदालतले बमजनलाई १२ र १४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।