Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ट्रान्सक्रिप्ट लिन त्रिवि धाउन नपर्ने

०१ सोमबार , माघ २०८०९ महिना अगाडि

ट्रान्सक्रिप्ट लिन त्रिवि धाउन नपर्ने

अब विद्यार्थीले ट्रान्सक्रिप्ट लिन त्रिभुवन विश्वविद्यालय धाउन नपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)बल्खुले ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी थालेसंगे विद्यार्थीले ट्रान्सक्रिप्ट लिन त्रिविसम्म धाउन नपर्ने भएको हो ।

अब विद्यार्थीले घरबाटै अनलाइनमार्फत ट्रान्सक्रिप्ट तथा अन्य सेवा लिन सक्ने गरि पनिकाले तयारि थालेको बताईएको छ । पनिका प्रमुख पुष्पराज जोशीका अनुसार यसका लागि आवश्यक पर्ने प्रणाली तयार पारिसकिएको र विश्वविद्यालयका पदाधिकारीहरूबीच इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकमा नमूना प्रदर्शन समेत गरिएको छ ।

यस प्रणालीबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन जस्ता काम गर्न सकिने बताईएको छ । अहिले विद्यार्थीहरू बल्खु आएर बैंकमा पैसा जम्मा गर्ने र फारम भर्ने सबै काम गर्नुपर्ने बाध्यता रहेकोमा अब भने अनलाईन मार्फत सबैकाम हुने भएको हो ।

उक्त प्रणाली सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भएपछि माघको पहिलो सातादेखि सेवा सुरु हुने र भविष्यमा हुलाक सेवा विभागसँग समन्वय गरेर विद्यार्थीको ठेगानामा नै प्रमाणपत्र पुर्‍याइदिने योजना रहेको बताईएको छ ।