Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

युवराज फ्रेडरिक डेनमार्कको राजा घोषित

०१ सोमबार , माघ २०८०९ महिना अगाडि

युवराज फ्रेडरिक डेनमार्कको राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिकलाई प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषित गरेका छन् । डेनिस महारानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै युवराज फ्रेडरिकलाई प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषित गरेका हुन् ।

डेनमार्कका प्रधानमन्त्रीले हिजो युवराज फ्रेडरिकलाई औपचारिक रूपमा राजा घोषित गरेसंगै उनि डेनमार्कका राजा बनेका हुन् । महारानी मार्गरेटले आफू जीवितै हुँदा राजगद्दी त्याग गरी छोरालाई राजा बनाएकी हुन् ।

महारानीले ५२ वर्ष लामो राजगद्दी छोरा फ्रेडरिकलाई हस्तान्तरण गरेपछि फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौं मानिसहरू भेला भएका थिए । भीडलाई सम्बोधन गर्दै नयाँ राजा फ्रेडरिकले भविष्यका लागि एकतावद्ध राजा बन्ने विश्वास दिलाएको बताईएको छ ।

डेनमार्कका राजा बनेपछि युवराज फ्रेडरिकले आफ्नी आमा महारानी मार्गरेटको प्रशंशा समेत गरेका थिए । डेनमार्कको ८ सय वर्षको इतिहासमा स्वेच्छाले राजगद्दी त्याग गर्ने महारानी मार्गरेट पहिलो व्यक्ति हुन् ।