Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज माघे सङ्क्रान्ति,देशभर सार्वजनिक बिदा

०१ सोमबार , माघ २०८०९ महिना अगाडि

आज माघे सङ्क्रान्ति,देशभर सार्वजनिक बिदा

आज माघे सङ्क्रान्ति पर्व बिबिध कार्यक्रमाका साथ धुमधामसँग मनाईदै छ । हरेक वर्ष झैँ यसवर्ष पनि माघे सङ्क्रान्ति पर्व देशका बिभिन्न धार्मिक स्थलहरुमा स्नान,ध्यान,पूजा पाठ तथा बिबिध कार्यक्रम गरि मनाउन लागिएको हो ।  

माघे सङ्क्रान्ति पर्वमा धार्मिकस्थल देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा भक्तजनको भीड लागेको छ भने उक्त स्थानहरुमा विशेष मेला समेत लाग्ने गर्दछ । आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति समेत भन्ने गरिन्छ ।

माघे सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने र स्वस्थ हुने धार्मिक विश्वास छ भने माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने भनाई समेत रहेको पाईन्छ ।

त्यसैगरी माघी पर्वका अवसरमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको र पर्वहरुले राष्ट्रिय एकता, धार्मिक सद्भाव, एक-अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री, राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुले शुभकामना समेत दिएका छन्  ।

माघे सङ्क्रान्तिको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ । साथै, आज माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने भनाइ समेत रहेको छ ।