Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि काठमाडौँको धारामा मेलम्चीको पानी

०१ सोमबार , माघ २०८०९ महिना अगाडि

आजदेखि काठमाडौँको धारामा मेलम्चीको पानी

आजदेखि काठमाडौँ उपत्यकामा चौथो पटक मेलम्चीको पानी आउने भएको छ । आज सिंहदरबारमा आयोजना हुने एक कार्यक्रमा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्वितरणको शुभारम्भ गरेपछि उपत्यकावासीको धारामा पानी पुग्ने भएको हो ।

प्रधानमन्त्रीबाट पुनर्वितरणको शुभारम्भ भएसँगै पानी उपत्यकावासीको धारामा पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले जानकारी दिएका छन् । उनले पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौँमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने तयारि रहेको बताए ।

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच पुस ३ गते राति समझदारीपत्रमा हस्ताक्षर भए अनुसार २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको बताईएको छ ।

पुनर्वितरणको पहिलो दिन आज पाँच करोड लिटर पानी प्राप्त हुने र उक्त पनि उपत्यकाको अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रक्राशकुमार राईले जानकारी दिएका छन् । उनले पानीको उपलब्धता अनुसार क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने पनि जानकारी दिएका छन् ।

यसअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने जनाएको थियो ।