Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

निर्माण व्यवसायी संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम, ४२ युनिट रगत संकलन

२९ आइतबार , पौष २०८०९ महिना अगाडि

निर्माण व्यवसायी संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम, ४२ युनिट रगत संकलन

नेपाल निर्माण व्यवसायी संघ कास्कीले आफ्नो ३७ औँ स्थापना दिवस रक्तदान कार्यक्रम गरेर मनाएको छ ।  संघले आज आफ्नो वार्षिकत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको हो ।

रक्तदान कार्यक्रमले पछिल्लो समय बजारमा देखिएको रगतको कमी पुरा गर्न सहयोग पुप्याएको कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्लले बताए ।

त्यस्तै, संघको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिँदा तथा जीवन बचाउने जस्तो कार्य गर्न पाउँदा सन्तुष्टि मिलेको निर्माण व्यवसायी संघ गण्डकीका अध्यक्ष टंकराज बरालले बताए ।  

कार्यक्रममा विशेष अतिथि शिवशंकर गौचन, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य सुरेश श्रेष्ठ, संघका सल्लाहाकारहरु राजेन्द्र पहारी, मुक्तिप्रसाद तिमिल्सिना, चिरञ्जिवी पोखेल, बासुदेव गौचनलगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै, रक्तदान कार्यक्रममार्फत ४२ युनिट रगत संकलन भएको संघका सदस्य दिपक सुवेदीले जानकारी दिए । रक्तदान गरेका व्यक्तिहरुलाई संघका संस्थापक तथा सल्लाहकारबाट प्रंशसा पत्र वितरण गरिएको थियो ।