Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरले साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने

२९ आइतबार , पौष २०८०९ महिना अगाडि

महानगरले साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने

काठमाडौँ महानगरपालिकाले साइबर सुरक्षा सम्बन्धी ३ महिने निःशुल्क तालिम दिने भएको छ । माघ २ गतेदेखि महानगरले ४ हजार जनालाई ३ महिने अनलाइन तालिम दिने भएको हो ।

पहिलो चरणमा महानगरपालिकाले ४ हजार जनालाई साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने र त्यसलाई निरन्तरता दिदै १५ हजार जनालाई तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखेको छ । महानगरले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत तालिम सुरु गर्न लागेको हो ।  

तालिमका लागि ईसी काउन्सिल र ग्याप टेक्नोलोजिजले सहयोग गर्ने छ । तालिममा प्रोग्रामिङ, नेटवर्किङ र क्लाउडका आधारभूत पक्ष र स्मार्टफोन, ईमेलहरूमा प्राप्त हुने मेसेज तथा सूचना, इन्टरनेट जडान भएका डिभाइस र यसमा प्रयोग हुने एप्लिकेसनहरूको आधिकारिकता, जोखिमका विषयमा सिकाइने बताईएको छ ।

तालिममा देशै भरिका व्यक्तिहरू सहभागी हुन सक्ने र त्यसका लागि अनलाइन फाराम भर्नुपर्ने बताईएको छ । तालिममा सहभागीले तालिमपछि हुने परीक्षामा सामेल भएर प्रमाणपत्र लिन सक्ने र महानगरको श्रम बैङ्कमा नाम सूचीकृत हुने तालिम कार्यक्रमका सम्पर्क व्यक्ति अजय पौडलले जानकारी दिएका छन् ।