Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुदूरपश्चिम प्रदेशमा प्राविधिक विश्वविद्यालय खोलिने

२९ आइतबार , पौष २०८०९ महिना अगाडि

सुदूरपश्चिम प्रदेशमा प्राविधिक विश्वविद्यालय खोलिने

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै प्राविधिक विश्वविद्यालय बनाउने भएको छ । प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय बनाउन डा. लवदेव अवस्थीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समिति गठन गर्दै प्रक्रिया अगाडि बढाएको हो ।

गत पुस ६ गतेको मन्त्रिपरिषद् बैठकले गठन गरेको कार्यदल समितिले विश्वविद्यालय स्थापना सम्बन्धी कानून, संरचना निश्चित गर्ने बताईएको छ । डा. लवदेव अवस्थीको संयोजकत्वमा बनेको समितिमा अधिवक्ता हरिराम श्रीपाइली र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह सदस्य रहेका छन् ।

उक्त समितिका संयाेजक डा. अवस्थीका अनुसार प्रदेश सरकार अन्तर्गतका स्थानीय पालिका, उद्योग वाणिज्य संघ, शिक्षा विज्ञ तथा सरोकारवालासँग राय, सल्लाह, सुझाव लिइरहेको छ । उक्त समितिले विश्वविद्यालयको ऐन बनाउने, विश्वविद्यालयको संरचना, आर्थिक स्रोत निश्चित गर्ने, विश्वविद्यालयको स्थान यकिन तथा जग्गा प्राप्ति सम्बन्धी कार्य गर्ने तथा अन्य व्यवस्थापकीय कार्यमा सरकारलाई सहयोग गर्ने बताईएको छ ।

विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न सरकारलाई दुई वटा समितिले रिपोर्ट बुझाई सकेको र बाँकि कार्यदल समितिले ४५ दिनपछि आफ्नो रिपोर्ट बुझाउने तयारि गरेको छ । सरकारले प्राविधिक विश्वविद्यालय बनाउन आर्थिक वर्ष २०७६/७७ देखि नियमित रकम विनियोजन गर्दै आएको छ ।