Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आजदेखि माघी महोत्सव सुरू हुँदै

२९ आइतबार , पौष २०८०३ बर्ष अगाडि

आजदेखि माघी महोत्सव सुरू हुँदै

आज र भोलि दुई दिन चल्ने माघी महोत्सव काठमाडौंको टुँडिखेलमा सुरू हुँदैछ । ‘थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी महोत्सव सुरु गर्न लागिएको हो ।  

आजदेखि काठमाडौंको टुँडिखेलमा सुरू लागेको माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भोलि औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको पहिलो दिन आज टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको आयोजकले जानकारी दिएको छ ।

देशभरका २० भन्दा बढी थारू संघ–संस्थाहरुको संयुक्त आयोजनामा हुने महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, मुग्रंहवा लगायत प्रस्तुत हुने बताईएको छ । साथै, महोत्सवमा थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १ सय भन्दा बढी स्टल रहने आयोजकले बताएको छ ।

महोत्सवको फुड स्टलहरूमा पारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकारहरु ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, सुंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार, केराको तरूवा, सखरखण्ड, खरियालगायत रहने बताईएको छ ।

यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी महोत्सव गर्न लागिएको छ।