Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माघ ३ गते स्वाभिमान दिवस

२७ शुक्रबार , पौष २०८०९ महिना अगाडि

माघ ३ गते स्वाभिमान दिवस

मधेश प्रदेश सरकारले माघ ३ गतेलाई स्वाभिमान दिवस मनाउने भएको छ । २०७८ साल माघ ३ गते ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण भएकाले त्यस दिनलाई स्वाभिमान दिवस मनाउने भएको हो ।

मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम हुने प्रदेशसभा बैठकबाट पास भएको थियो ।

त्यसैगरि माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने निर्णय गरेको छ । बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका सहिद परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको बताईएको छ ।

मधेश सरकारले माघ ३ गते स्वाभिमानी दिवसको रुपमा मनाउने र माघ ५ गते बलिदानी दिवस वीरगञ्जमा आयोजना गरिने निर्णय गरेको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिएका छन् ।